काठमाडौं– युवापुस्ताको मनोविज्ञान तथा समसामयिक कथालाई पर्दामा उतार्ने तयारीमा रहेका निर्देशक बलिराम चौहानले आफ्नो नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ का लागि कलाकार सन्तोष बानियाँलाई मुख्य भूमिकामा अनुवन्ध गरेका छन् । सोमवार निर्माण पक्ष तथा कलाकार बानियाँबीच औपचारिक सम्झौता भएसँगै उनी यो प्रोजेक्टमा जोडिएका हुन् । केही समयअघि मात्रै अर्का कलाकार रियान गिरीलाई मुख्य भूमिकामा अनुवन्ध गरिएको जानकारी सार्वजनिक गरिएको थियो ।
रोचक कुरा के छ भने, सन्तोष र रियान दुवैले फिल्म ‘होस्टेल ३’ बाट एकैसाथ नेपाली फिल्ममा डेब्यु गरेका कलाकार हुन् । रङ्गमञ्च, म्युजिक भिडियो तथा टेलिसिरियलको लामो अनुभव बटुलेर ठूलो ...
‘ल्याङ्ग ल्याङ्ग’ मा सन्तोषको इन्ट्री


