‘गौँथली’लाई दर्शकको सकारात्मक प्रतिक्रिया

eHimalaya TimeseHimalaya TimesSourceJul 19, 20261 min read
‘गौँथली’लाई दर्शकको सकारात्मक प्रतिक्रिया
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । चलचित्रको विषयवस्तु, कलाकारहरूको अभिनय र सामाजिक सन्देशको प्रशंसा गर्दै दर्शकले निर्माण टोलीलाई बधाई दिएका छन् । बालविवाह र श्रीमान्-श्रीमतीको सम्बन्धलाई केन्द्रमा राखेको यस चलचित्रले विशेषगरी महिला दर्शकलाई भावुक बनाएको छ । सामाजिक सञ्जालमा चलचित्र हेरेर भावुक बनेका दर्शकका भिडियोसमेत भाइरल भइरहेका छन्