काठमाडौं- उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन प्रारम्भ भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको पहिलो दिनको छायांकन काठमाडौं उपत्यकामा गरिएको छ । केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल आसपासमा फिल्मको बाँकी छायाँकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिईन् ।
‘हामी योजना अनुसार नै छायांकनमा निस्किएका छौँ । साउन महिनाभरमा फिल्मको छायांकन सकिने तयारी अनुरुप सुरुआत गरेका छौँ । हामी नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ’, उनले भनिन् ।
छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली र बालकलाकार चिराग श्रेष्ठ ...
मनछुने पारिवारिक कथामा बन्ने ‘आशा’ को छायांकन प्रारम्भ


