‘गौँथली’ को टिकट बुकिङ खुला, एकल रिलिजको फाइदा उठाउँदै बलियो ओपनिङको अपेक्षा

KalakarmiKalakarmiSourceJul 16, 20261 min read
‘गौँथली’ को टिकट बुकिङ खुला, एकल रिलिजको फाइदा उठाउँदै बलियो ओपनिङको अपेक्षा
काठमाडौं– नेपाली फिल्म उद्योग यतिबेला नयाँ फिल्मको खडेरीबाट गुज्रिरहेको छ । गत जेठयता प्रदर्शनमा आएका अधिकांश नेपाली फिल्महरूले अपेक्षाअनुसारको व्यापार गर्न नसक्दा अहिले देशभरका हलहरूमा हलिउड र बलिउड फिल्महरूको दवदवा देखिएको छ । यस्तो अवस्थामा भोलि साउन १ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘गौँथली’ ले उद्योगमा नयाँ आशा जगाएको छ । प्रदर्शनअघि नै सकारात्मक चर्चा बटुलिरहेको ‘गौँथली’ को देशभरका अधिकांश मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलहरूमा टिकट बुकिङ खुला भइसकेको छ । सोमवार काठमाडौंमा आयोजित विशेष प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएपछि यसको व्यापारिक सम्भावनाप्रति फिल्मकर्मी तथा वितरकहरू ...