‘पार्वती’ को ‘नौतुना रेलैमा’ले मच्चायो टिकटकमा धुम, ३० हजारभन्दा बढी भिडियो बने

KalakarmiKalakarmiSourceJul 15, 20261 min read
‘पार्वती’ को ‘नौतुना रेलैमा’ले मच्चायो टिकटकमा धुम, ३० हजारभन्दा बढी भिडियो बने
काठमाडौं- नीता ढुङ्गाना निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘पार्वती’को चर्चित गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । केही समयअघि ओएसआर डिजिटल युटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो निर्माण भइसकेका छन् । गीत टिकटकसँगै फेसबुक, युट्युबलगायतका प्लेटफर्ममा समेत भाइरल भईरहेको छ । निर्माण पक्षले केही समयअघि ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ समेत घोषणा गरेको थियो । प्रतियोगितामा सहभागी हुन इच्छुक दर्शकले उक्त गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्ने व्यवस्था गरिएको थियो । निर्माण पक्षका अनुसार प्रतियोगिताका उत्कृष्ट तीन विजेताले आकर्षक नगद पुरस्कार ...