इटहरी- नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ प्रविधिको प्रवेशसँगै सुनसरीको इटहरीमा नेपालकै पहिलो १८डी (18D) सिनेमा सञ्चालनमा आएको छ ।
अत्याधुनिक प्रविधिमा आधारित उक्त सिनेमाको उद्घाटन लोकप्रिय अभिनेता पल शाहले एक विशेष समारोहबीच गरेका छन् ।
१८डी पाथिभरा इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमा इटहरीको सेन्टर प्लाजामा स्थापना गरिएको छ ।
पारम्परिक सिनेमाभन्दा फरक अनुभव दिने उद्देश्यले सञ्चालनमा ल्याइएको यस सिनेमाले दर्शकलाई दृश्यसँगै हल्लिने सिट, विशेष ध्वनि, हावा, कम्पन तथा अन्य विशेष प्रभावमार्फत वास्तविक अनुभूति दिलाउने दाबी गरिएको छ ।
सञ्चालक उमेश घोरासाइनेका अनुसार वयस्कतर्फ एकैपटक १२ जना र बालबालिकातर्फ १५ जनासम्मले एकै समयमा ...
इटहरीमा खुल्यो नेपालकै पहिलो १८डी सिनेमा, पल शाहद्वारा उद्घाटन


