‘आईसीयूबाट जनरल वार्डमा सारिएकी छिन् दीपाश्री’

KalakarmiKalakarmiSourceJul 12, 20261 min read
‘आईसीयूबाट जनरल वार्डमा सारिएकी छिन् दीपाश्री’
काठमाडौं– नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा ट्युमर (ब्रेन ट्युमर) रहेको पुष्टि भएपछि नेपालमै सफल शल्यक्रिया गरिएको छ । अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पछिल्लो एक साता आफूहरूका लागि निकै चुनौतीपूर्ण र कठिन समय रहेको बताएका छन् । गिरीका अनुसार ‘छ माया छपक्कै–२’ को सुटिङ चलिरहेका बेला दीपाश्रीको स्वास्थ्य परीक्षण गर्दा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । त्यसपछि निर्माण टोली अन्योलमा परेको तथा चिकित्सकहरूले तत्काल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । धेरै ठाउँबाट उपचारका लागि भारत जान सल्लाह आए पनि अन्ततः नेपालमै ...