ढाड दुखाइको उपचार गर्न गएकी दीपाश्रीलाई ब्रेन ट्युमर देखियो, सफल शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख

KalakarmiKalakarmiSourceJul 12, 20261 min read
ढाड दुखाइको उपचार गर्न गएकी दीपाश्रीलाई ब्रेन ट्युमर देखियो, सफल शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख
काठमाडौं– लोकप्रिय अभिनेत्री, निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाको मस्तिष्कमा ट्युमर (ब्रेन ट्युमर) देखिएपछि सफल शल्यक्रिया गरिएको जानकारी प्राप्त भएको छ । हाल उनी माइतीघर, काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् । पारिवारिक स्रोतका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले हालै उनको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको बताइएको छ । स्रोतका अनुसार करिब डेढ साताअघि ढाड दुख्ने समस्या भएपछि उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन् । प्रारम्भिक परीक्षणपछि चिकित्सकले थप विस्तृत जाँच गर्न सुझाव दिएका थिए । सोही क्रममा गरिएको परीक्षणबाट ...