काठमाडौँ। ‘भटभटे माइला’ पात्रबाट परिचित कमेडियन बेगम नेपालीले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन यही सातादेखि सुरु गर्ने तयारी छ। रघुनाथ सापकोटा निर्माता रहेको फिल्म पूर्ण हास्यप्रधान कथामा आधारित रहने जनाइएको …
बेगम नेपाली ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिकामा


