काठमाडौं- टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिने भएका छन् । उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन् ।
वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै लाखौँ दर्शकको मन जितेका बेगम नेपालीका लागि यो फिल्म अभिनय यात्राको नयाँ अध्याय बन्नेछ । सानो पर्दामा ‘भटभटे माइला’ का रूपमा स्थापित उनी पहिलो पटक मुख्य नायकको भूमिकामा देखिन लागेका कारण ...
भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली अनुबन्धित


