काठमाडौं – आगामी भदौ २६ गतेलाई प्रदर्शन मिति तोकेको नयाँ नेपाली चलचित्र ‘माया भनेकै यस्तो होला’को निर्माण टोलीले प्रचार अभियान थाल्दै नयाँ पोस्टर बाहिर ल्याएको छ। अभिनेत्री रेखा थापाले निर्देशन गरेको यस पारिवारिक ड्रामाको पोस्टर पूर्ण रूपमा विवाहपूर्वको उल्लासमय ‘हल्दी डे’को सेरोफेरोमा घुमेको छ। दृश्यको केन्द्रमा अभिनेता दील श्रेष्ठलाई हुनेवाला दुलाहाको अवतारमा प्रस्तुत गरिएको छ। […]
‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक: दिलको ‘हल्दी डे’, ह्विलचेयरमा मदनकृष्ण


