जातीय विभेदको आरोपबारे ‘चिरञ्जीवी भव’ निर्देशकको स्पष्टीकरण, परिवर्तन नेपालको निष्पक्ष छानबिनको माग

KalakarmiKalakarmiSourceJul 11, 20261 min read
जातीय विभेदको आरोपबारे ‘चिरञ्जीवी भव’ निर्देशकको स्पष्टीकरण, परिवर्तन नेपालको निष्पक्ष छानबिनको माग
काठमाडौं– नेपाली फिल्म क्षेत्रमा कलाकारमाथि जातीय तथा वर्णगत विभेद भएको आरोप सार्वजनिक भएपछि सामाजिक संस्था परिवर्तन नेपालले गम्भीर चासो व्यक्त गरेको छ । संगठनले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै फिल्म क्षेत्रमा जात, वर्ण, लिङ्ग वा अन्य कुनै पनि आधारमा हुने भेदभाव निन्दनीय रहेको उल्लेख गर्दै घटनाको सत्यतथ्य निष्पक्ष, पारदर्शी र यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । यो विषय कलाकार काजल कर्णले शुक्रवार साँझ सामाजिक सञ्जालमार्फत फिल्म ‘चिरञ्जीवी भव’ को छायांकनका क्रममा आफूले जातीय विभेदपूर्ण व्यवहारको सामना गर्नुपरेको आरोप सार्वजनिक गरेपछि चर्चामा आएको हो । कर्णले फिल्म युनिटका ...