पोस्टरमा ‘कमला मिस’: झल्कियो भावनात्मक सम्वन्ध

KalakarmiKalakarmiSourceJul 11, 20261 min read
पोस्टरमा ‘कमला मिस’:  झल्कियो भावनात्मक सम्वन्ध
काठमाडौं- आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभर प्रदर्शनमा आउन लागेको नयाँ नेपाली ‘कमला मिस’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको दृश्य प्रस्तुत गरिएको छ । पोस्टरले आमा–बालकको सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्षमा आधारित कथावस्तुको संकेत गर्छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’को पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रति उत्सुकता थपिएको छ। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित चलचित्रमा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, ...