‘भागदौड’ले शो भने निकै न्यून पाएको छ । देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा चलचित्र प्रदर्शनमा आएको छैन । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा भने सीमित शोसहित रिलिज गरिएको छ । राजधानीसहित देशका अधिकांश हलमा पनि चलचित्रले न्यून शो मात्र पाएको देखिन्छ । शुक्रबारदेखि भारतीय कमेडी चलचित्र ‘धमाल ४’, हलिउड हरर चलचित्र ‘इभिल डेड बन’ तथा एनिमेटेड ‘मोना’ सहितका विदेशी चलचित्रसमेत नेपाली हलमा प्रदर्शनमा आएका छन् ।
प्रदर्शनमा ‘भागदौड’


