नेपाली फिल्मको सेटमा मधेशी भएकै कारण विभेद भएको आरोप, कलाकार काजल कर्णको भावुक खुलासा

KalakarmiKalakarmiSourceJul 10, 20261 min read
नेपाली फिल्मको सेटमा मधेशी भएकै कारण विभेद भएको आरोप, कलाकार काजल कर्णको भावुक खुलासा
काठमाडौं- कलाकार काजल कर्णले नेपाली फिल्म ‘चिरञ्जिवी भवः’ को छायांकनका क्रममा आफूले जातीय तथा क्षेत्रीय विभेद, अपमान र मानसिक दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएकी छिन् । शुक्रवार साँझ सामाजिक सञ्जालमार्फत लामो वक्तव्य सार्वजनिक गर्दै कर्णले मधेशी भएकै कारण फिल्मको सेटमा आफूलाई पटक–पटक अपमान गरिएको, कलाकारका रूपमा सम्मान नदिइएको र अन्ततः कुनै जानकारीबिनै फिल्मबाट हटाइएको दावी गरेकी हुन् । कर्णका अनुसार सानैदेखि कलाकार बन्ने सपना बोकेर उनले थारु, भोजपुरी, मैथिली तथा नेपाली भाषाका ३५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । त्यसपछि नेपाली फिल्म ‘चिरञ्जिवी भवः’ मा अभिनय गर्ने अवसर पाउँदा निकै ...