काठमाडौँ। सर्वनाम थिएटरले बालबालिकामा रहेको अभिनय प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले ‘म पनि Actor’ नामक राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्नेछन्। प्राप्त आवेदनमध्ये ३० जना प्रतियोगी छनोट गरिनेछन्। उनीहरूले काठमाडौंस्थित सर्वनाम थिएटरमा प्रत्यक्ष अभिनय प्रस्तुति दिने अवसर पाउनेछन्। …
बालबालिकाका लागि ‘म पनि Actor’ अभिनय प्रतियोगिता आयोजना गर्दै सर्वनाम थिएटर


