काठमाडौं- होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको पूर्णतया हास्यव्यङ्ग्यात्मक नेपाली कथानक फिल्म ‘तिरिमिरी झ्याइँ’को एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ ।
वैदिक विधिअनुसार पूजाआजा गर्दै निर्माण टोली, कलाकार र सञ्चारकर्मीहरूको उपस्थितिमा फिल्मको औपचारिक शुभारम्भ गरिएको हो । मुहूर्त शटसँगै फिल्मको निर्माण यात्रा विधिवत् रूपमा अगाडि बढेको छ । फिल्मको छायाङ्कन यही असार २९ गतेबाट प्रारम्भ हुने बताइएको छ ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा तयार हुन लागेको यस चलचित्रलाई समीरले निर्देशन गर्दैछन्। मुहूर्त कार्यक्रममा बोल्दै निर्देशक समीरले यो फिल्मले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने र विशुद्ध हास्यव्यङ्ग्यको भरपुर ...


