काठमाडौं– भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले नेपाली चलचित्र, भाषा, कला, संस्कृति तथा कलाकारको प्रवर्द्धन गर्ने उद्देश्यले यही जुलाई महिनाभर विशेष ‘नेपाली चलचित्र महिना’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत हरेक साता एक नेपाली फिल्म प्रदर्शन गरिने छ भने सम्बन्धित फिल्मका कलाकार, निर्देशक तथा चलचित्रकर्मीलाई समेत आमन्त्रण गरी दर्शकसँग अन्तरक्रिया गराइने व्यवस्था गरिएको छ ।
राजदूतावासले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, भारतमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, कला र संस्कृतिसँग अझ नजिक जोड्ने तथा नेपाली चलचित्र उद्योगको विकासमा योगदान पुर्याउने उद्देश्यले यो अभियान प्रारम्भ गरेको जनाएको छ ।
यस कार्यक्रममार्फत नेपाली फिल्मको ...
दिल्लीस्थित नेपाली राजदूतावासको ‘नेपाली चलचित्र महिना’ प्रारम्भ, हरेक साता एक नेपाली फिल्म प्रदर्शन गरिने


