‘अक्षरा’ को दोस्रो पोस्टरले जगायो कौतुहलता

KalakarmiKalakarmiSourceJul 6, 20261 min read
‘अक्षरा’ को दोस्रो पोस्टरले जगायो कौतुहलता
काठमाडौं– आगामी भदौ २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित नेपाली फिल्म ‘अक्षरा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । सोमवार यो फिल्मका निर्माता सुग्रसेन् ढुङ्गानाको जन्मदिनको अवसरमा पारेर फिल्मको नयाँ पोष्टर रिलिज गरिएको हो । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार–प्रसारलाई तीव्र पार्ने उद्देश्यले पनि नयाँ पोस्टर रिलिज गरिएको निर्माण पक्षको भनाई छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुशील सिटौला तथा न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमि तथा दुबै कलाकारको गम्भीर भावले यो फिल्म सामाजिक अथवा पारिवारिक कथावस्तुमा आधारित रहेको बलियो सङ्केत गर्छ । पोस्टरमा ...