काठमाडौं– फिल्म निर्माण केवल सिर्जनात्मक प्रक्रिया मात्र होइन, विश्वास, जिम्मेवारी र आर्थिक अनुशासनको संयोजन पनि हो । निर्माता सुशील पोखरेलले निर्देशकको वास्तविक सफलता उत्कृष्ट फिल्म निर्माणमा मात्र सीमित नरही निर्माताको लगानी र विश्वास जोगाउन सक्नुमा पनि निर्भर रहने बताएका छन् ।
उनका अनुसार निर्देशकको भूमिका क्यामेरा पछाडि उभिएर ‘एक्सन’ र ‘कट’ भन्नेमा मात्र सीमित हुँदैन । निर्देशकले फिल्मको सम्पूर्ण सिर्जनात्मक नेतृत्वसँगै निर्माताको लगानीलाई आफ्नै सम्पत्तिसरह संरक्षण गर्ने दायित्व पनि वहन गर्नुपर्छ ।
हालै फिल्म ‘परालको आगो’ निर्माण गरेका निर्माता पोखरेलले सामाजिक सञ्जालमा एउटा लामो नोट लेख्दै व्यावसायिक निर्माता फिल्मको व्यापारिक सफलताभन्दा पनि ...
‘निर्देशकको वास्तविक सफलता राम्रो फिल्ममात्र होइन, निर्माताको विश्वास पनि जोगाउनु हो’: सुशील पोखरेल, निर्माता


