काठमाडौं– माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा कमेडी दरबार टिमले बनाएको पहिलो नेपाली फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । पहिलो झलकमा मुख्य कलाकारहरु आफ्नो गाउँका लागि केहि गर्न खोजेको देखिन्छ । अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा तथा अभिनेता महेश त्रिपाठीले एउटा डाँडामा बसेर योजना बनाइरहेका छन् ।
उनीहरु कुलेबारी नामको गाउँमा छन्, उक्त गाउँका लागि केहि गर्ने योजनामा छन् । सार्वजनिक झण्डै तीन मिनेटको झलकमा अभिनेत्री रेखाले भनेकी छिन्– ‘गाउँको लागि यो काम गर्दा केहि भइहाल्यो भने के हुन्छ होला है ?’
अभिनेत्री गौरीले ‘एउटा सालिक त बलाउलान् नि हरामीहरुले’ ...
पहिला झलकमा ‘ककाकिकी’: भदौमा प्रदर्शन


