(सांकेतिक तस्विर)
काठमाडौं– नेपाली फिल्म उद्योगमा बक्स अफिसको व्यापारलाई लिएर उठ्ने वहस नयाँ होइन । कुनै फिल्म प्रदर्शनमा आएपछि केही दिनमै करोडौँ रुपैयाँको व्यापार गरेको घोषणा हुन्छ । निर्माता–निर्देशक सफलताको उत्सव मनाउँछन्, कलाकार सामाजिक सञ्जालमा धन्यवाद व्यक्त गर्छन् । तर त्यही समयमा धेरै दर्शकले भने एउटा प्रश्न सोधिरहेका हुन्छन्— ‘सिनेमा हलमा दर्शक नै छैनन्, यति धेरै व्यापार कसरी भयो ?’
यही प्रश्नलाई व्यंग्यात्मक शैलीमा अभिनेता कृष्ण मल्लले सामाजिक सञ्जालमा उठाएका छन् । उनले लेखेको छोटो स्टाटस अहिले फिल्मकर्मी र दर्शकमाझ व्यापक चर्चामा छ ।
‘७५ लाखमा फिल्म बनाउने, ७५ लाखको टिकट ...
नेपाली फिल्म क्षेत्रमा नयाँ तर नमिठो ‘सक्सेस फर्मुला’ को चर्चा


