काठमाडौं– आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म मास्टर्नीको पहिलो पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा एउटा रोचक चर्चा प्रारम्भ भएको छ ।
पोस्टरमा देखिएकी अभिनेत्री प्रियंका कार्कीलाई धेरैले पहिलो नजरमै सांसद तथा पूर्व अभिनेत्री आशिका तामाङ ठानेका छन् ।
सामान्यतयाः ग्ल्यामरस अवतारमा देखिने प्रियंका यसपटक आफ्नै फिल्मको पोस्टरमा भने निकै फरक गेटअपमा प्रस्तुत भएकी छिन् ।
साधारण साडी, गम्भीर अभिव्यक्ति तथा विशेषगरी कालो फ्रेमको चस्माले उनको लुक्सलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । यही परिवर्तनले धेरै दर्शकलाई ‘फिल्ममा आशिका तामाङले अभिनय गरेकी हुन् कि ?’ भन्ने ...
दर्शकको कन्फ्युजन : ‘मास्टर्नी’ को पोस्टरमा प्रियंका कि आशिका ?


