काठमाडौं– निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘रातो घेरा– द रेड सर्कल’ को पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको विधिवत रूपमा पटकथा पूजा गर्दै शुभारम्भ गरिएको हो ।
अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगरसहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहने यो फिल्मको निर्माण विश्राम फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो ।
यो फिल्मको अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ । यो फिल्म आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने छ । निर्देशक अनिल बुढा ...
दयाहाङ र मिरुनाको ‘रातो घेरा’ को शुभ मुहुर्त, मंसिरमा प्रदर्शन हुने


