ट्रोल र व्यक्तिगत प्रहारपछि पनि ‘भ्यानिटी भ्यान’ को मागमा अडिग नीति शाह

KalakarmiKalakarmiSourceJul 2, 20261 min read
ट्रोल र व्यक्तिगत प्रहारपछि पनि ‘भ्यानिटी भ्यान’ को मागमा अडिग नीति शाह
काठमाडौं– अभिनेत्री नीति शाहले नेपाली फिल्म उद्योगमा भ्यानिटी भ्यान को आवश्यकता रहेको विषय पुनः उठाएकी छिन् । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्षको बजेट तयार गरिरहेको सन्दर्भमा उनले कलाकारहरूको सम्मान, सुरक्षा तथा सहज कार्य वातावरणका लागि भ्यानिटी भ्यानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेकी हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले केही महिनाअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नेपाली फिल्म क्षेत्रसम्बन्धी छलफलमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पनि यही विषय उठाएको स्मरण गराएकी छिन् । उनले उक्त माग सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा ट्रोल, आलोचना तथा ...