याच्नितको संयुक्त परिवारमा नीतिको ‘बुहारी’ अनुभव

KalakarmiKalakarmiSourceJun 30, 20261 min read
याच्नितको संयुक्त परिवारमा नीतिको ‘बुहारी’ अनुभव
काठमाडौं– विवाहपछि अधिकांश सेलिब्रेटीले छुट्टै बसाइ रोज्ने चर्चा भइरहेका बेला अभिनेत्री नीति शाह भने फरक उदाहरण बनेकी छिन् । श्रीमान् याच्नित राणासँग विवाहपछि उनी अहिले बुढानीलकण्ठस्थित संयुक्त परिवारमै रमाइरहेकी छिन् । गत फागुनमा वैवाहिक जीवन प्राम्भ गरेकी नीति विवाहअघि आफ्ना आमा–बुबासँग मात्र बस्दै आएकी थिइन् । तर अहिले सासू–ससुरा र परिवारका अन्य सदस्यसँग एउटै छानामुनि बस्दा आफूले नयाँ किसिमको खुशी अनुभव गरिरहेको बताएकी छिन् । हालै आफ्नो पारिवारिक जीवनबारे खुलेर बोल्दै नीतिले भनिन्– ‘म आफ्ना सासू–ससुरासँगै बस्छु र हाम्रो ठूलो संयुक्त परिवार छ । मलाई यो वातावरण अत्यन्तै मन पर्छ । ...