गृहमन्त्रीपछि अभिनेत्री वर्षा राउत पनि ट्राफिक नियमको पक्षमा, गरिन् कालो स्टिकर रिमुभ

KalakarmiKalakarmiSourceJun 30, 20261 min read
गृहमन्त्रीपछि अभिनेत्री वर्षा राउत पनि ट्राफिक नियमको पक्षमा, गरिन् कालो स्टिकर रिमुभ
काठमाडौं– काठमाडौं उपत्यकामा सवारी साधनका सिसामा टाँसिएका काला स्टिकर हटाउने अभियान तीव्र भइरहेका बेला चर्चित अभिनेत्री वर्षा राउत पनि यस अभियानमा सहभागी भएकी छिन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवारदेखि निजी तथा सार्वजनिक सवारीमा जडान गरिएका काला सिसाका स्टिकर हटाउने अभियान थालेको हो । अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुदन गुरुङ स्वयंले ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए । त्यसपछि उनी आफैँ पनि आफ्नो सरकारी गाडीको कालो सिसा हटाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । गृहमन्त्रीले नियम पालना गरेको भोलिपल्ट अर्थात् सोमबार अभिनेत्री वर्षा राउतले पनि आफ्नो गाडीको सिसामा टाँसिएको ...