काठमाडौं– आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘हली’ को निर्माण टिमले असार १५ को अवसर पारेर रोपाइँ गरेका छन् । सोमवार फिल्मका कलाकार, निर्माता तथा संगीतकारको टिमले ललितपुरको सुनाकोठीमा रोपाइँ गरेका हुन् ।
धान रोप्नका लागि फिल्मका अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी, निर्माताद्वय पूजा गुरुङ, जस्मिन श्रेष्ठ लगायतले धान रोपेका हुन् ।
किसानकै कथा भएकाले फिल्मका सम्पुर्ण टिमले असार १५ मा रोपाइँमा सहभागी भएको निर्माताद्वय पूजा र जस्मिनको भनाइ छ । हिलोमा धान रोपिरहेका दुवै जनाले असार १५ भन्ने बितिक्कै मानो ...
असार १५ मा ‘हली’ का कलाकार धान रोपाइँमा व्यस्त


