काठमाडौं– अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’ को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म फागुनको २१ गतेदेखि विश्वव्यापी रुपमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
सुरज आचार्यको निर्माणमा तयार हुने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । यो फिल्ममा अभिनेता विजय बराल तथा अनिभेत्री पूजा शर्मा फाइनल भइसकेका छन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा।लि तथा पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भदौ महिनादेखि प्रारमभ सुरु हुँदैछ ।
फिल्मको पोष्टर सार्वजनिक भएसँगै यसले चर्चा पाएको थियो । यो फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि ...


