२६औँ वार्षिकोत्सवको अवसरमा चलचित्र विकास बोर्डद्वारा वृक्षारोपण

KalakarmiKalakarmiSourceJun 27, 20261 min read
२६औँ वार्षिकोत्सवको अवसरमा चलचित्र विकास बोर्डद्वारा वृक्षारोपण
काठमाडौं- चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव तथा रजत वर्षको अवसरमा पाशुपत क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण गरेको छ । शनिवार आयोजित कार्यक्रममा चलचित्रकर्मी, विभिन्न चलचित्रसम्बद्ध संघ–संस्थाका प्रतिनिधि, सामाजिक संस्थाका सदस्य तथा अन्य सरोकारवालाको सहभागितामा करिब २५० वटा बिरुवा रोपिएको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए । उनले भने,’चलचित्र विकास बोर्डको रजत वर्षको अन्तिम सन्ध्या र २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा छौँ । त्यसको अवसरमा २५० वटा बिरुवा रोप्ने लक्ष्यसहित विभिन्न संघसंस्थाका अध्यक्षहरू, चलचित्र संस्थाका प्रतिनिधिहरू, कलाकार तथा लायन्स क्लबको सहभागितामा वृक्षारोपण कार्यक्रम ...