‘चमेलीको पोइ’ पोस्टरमा त्रिपाठीको विचित्र रुप

KalakarmiKalakarmiSourceJun 27, 20261 min read
‘चमेलीको पोइ’ पोस्टरमा त्रिपाठीको विचित्र रुप
काठमाडौं– एभरेष्ट सूर्य बोहरा निर्देशित नयाँ नेपाली फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । असोज १६ गतेदेखि विश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रवार सार्वजनिक पोस्टरमा चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई पजचित्र अवस्थामा प्रस्तुत गरिएको छ । प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म फिल्म अभिनयमा निकै ब्यस्त थिए । एकाएक अमेरिका उडेपछि उनी अब यही फिल्मबाट पुनः दर्शकमाझ आउँदैछन् । हाँस्य कलाकारितामा निकै जमेका उनी ‘चमेलीको पोइ’ को सेकेन्ड लुक्स पोस्टरमा अर्धनग्न अवस्थामा छन् । उनको मुहारमा लात्ती–मुक्का बज्रिएर लागेको चोटका निसानीहरु देखिएका छन् भने कपडा च्यातिएको ...