आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पार्वती’ को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त गीत दर्शकमाझ ल्याएको हो। विवाहको माहोलमा महिलाहरूले खेल्ने परम्परागत रत्यौलीलाई यस गीतको भिडियोमा निकै रमाइलो र आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ। सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, […]
‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक, पुरुष भेषमा नाचिन् दीपाश्री निरौला


