‘लालीबजार’ को उपलब्धि, शनिवार ५१औँ दिन मनाउँदै

KalakarmiKalakarmiSourceJun 26, 20261 min read
‘लालीबजार’ को उपलब्धि, शनिवार ५१औँ दिन मनाउँदै
काठमाडौं- गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले आगामी शनिवार प्रदर्शनको ५१औँ दिन मनाउने भएको छ । प्रदर्शनको ५१ दिन सफलतापूर्वक पूरा गरेको अवसरमा फिल्मका कलाकार तथा निर्माण टिम दर्शकसँग साक्षात्कार गर्न प्रदर्शनरत हलहरूमा पुग्ने भएका छन् । यस वर्ष हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्महरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्ममध्ये एक बनेको छ । घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको फिल्मको यात्रा अहिले १० करोड क्लबतर्फ उन्मुख छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’को निर्देशन यम थापाले गरेका हुन् । यसअघि षट्कोण ...