असोज ९ मा ‘हन्टर’ : पोस्टरमै देखियो प्रतिशोध, एक्सन र प्रेमको दमदार टक्कर

KalakarmiKalakarmiSourceJun 26, 20261 min read
असोज ९ मा ‘हन्टर’ :  पोस्टरमै देखियो प्रतिशोध, एक्सन र प्रेमको दमदार टक्कर
काठमाडौं- जीवन सिंहको लेखन तथा निर्देशन रहेको फिल्म ‘हन्टर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले एक प्रभावशाली ‘फेस-अफु पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज ९ गते (सेप्टेम्बर २५) बाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने जानकारी दिएको हो । यस फिल्मबाट निर्देशक सिंहले निर्देशनमा डेब्यु गर्दै छन् । प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरले फिल्मको कथावस्तुबारे धेरै रोचक संकेतहरू दिएको छ । ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ । प्रकाश शाहको आँखामा देखिने तीखो आक्रोश र अरुण क्षेत्रीको ...