काठमाडौं- दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सकृय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरंग’को प्रदर्शन मिति तय गरिएको छ ।
निर्माण टिमले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी मंसिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।
देवदत क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैछन् ।
सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड छन् । यो फिल्ममा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग ...
नयाँ पोस्टरमा ‘तरङ्ग’, प्रदर्शन मिति घोषणा


