काठमाडौं- फिल्म क्षेत्रका विभिन्न विधासँग आबद्ध व्यक्तिहरूलाई मानव अधिकारसम्बन्धी जानकारी तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
ह्युमन राइट्स फिल्म सेन्टरको आयोजनामा राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र विकास बोर्ड र फिल्म निर्देशक समाजको सहकार्यमा ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले मानव अधिकारको संरक्षण, प्रवर्द्धन र जनचेतना अभिवृद्धिमा कला, साहित्य तथा चलचित्रको भूमिका अत्यन्त प्रभावकारी हुने बताइन् । उनले चलचित्रकर्मीहरूलाई समाजका विविध विषयवस्तुलाई अधिकारमुखी दृष्टिकोणबाट प्रस्तुत गर्दै सकारात्मक सन्देश प्रवाह गर्न आग्रह ...
फिल्म मार्फत मानव अधिकारको सन्देश फैलाउन फिल्मकर्मीलाई आग्रह


