काठमाडौं- आगामी दसैँ अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ । फिल्मको केही दृश्य अझै छायाङ्कन गर्न बाँकी छँदै निर्माण टिम र हङकङका वितरकबीच प्रदर्शन अधिकारका लागि कागजी सम्झौता भएको हो ।
यस फिल्मको हङकङ प्रदर्शन अधिकार श्री स्वर्णिम कम्युनिकेसन प्रा.लि.ले खरिद गरेको हो । फिल्मको हङकङ राइट्स ‘सोल्ड आउट’ भएसँगै निर्माण टिम निकै उत्साहित देखिएको छ । फिल्मका निर्देशक चन्द्र पन्तले अन्तर्राष्ट्रिय बजार अन्तर्गत हङकङको प्रदर्शन अधिकार उल्लेख्य र महँगो रकममा बिक्री भएको जानकारी ...
दसैँमा आउने ‘आ बाट आमा २’ को हङकङ राइट्स बिक्री


