काठमाडौं- फिल्म ‘महाराजधिराज’ मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । फिल्म छायांकनको मध्यतिर उनी यो फिल्ममा अनुबन्ध भएकी हुन् ।
सोमवार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो फिल्ममा अनुबन्ध गरेको जानकारी दिएको हो । ‘हामी एक अब्बल कलाकारको खोजीमा थियौँ । त्यसैले पूजनालाई हामीले अनुबन्ध गराएका छौँ,’ ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भने, ‘उहाँको प्रवेशले हाम्रो टिम थप सशक्त बनेको छ ।’
अहिले काठमाडौंका विभिन्न ठाउँमा यो चलचित्रको छायांकन भइरहेको छ । सुनसरीको श्रीलंका टापुबाट प्रारम्भ भएको फिल्मको छायांकन अहिले काठमाडौंमा भइरहेको हो । भक्तपुरमा ...
‘महाराजधिराज’ मा पूजना प्रधानको इन्ट्री, स्टारकास्ट झन् भव्य


