धनगढी: नेपाली चलचित्रका चर्चित एक्सन स्टार विराज भट्टलाई भातृशोक परेको छ। उहाँका जेठा दाजु चेतराज भट्टको सवारी दुर्घटनामा परी दुखद निधन भएको छ। प्राप्त जानकारी अनुसार, आइतबार धनगढी विमानस्थल चोक नजिकै एक माइक्रोले चेत सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनाको खबर प्राप्त […]


