काठमाडौं- नेपाली हास्य अभिनय क्षेत्रका चर्चित कलाकार खेम शर्मा ‘चतुरे’ को निधन भएको छ । विगत सात वर्षदेखि क्यान्सरसँग संघर्ष गर्दै आएका शर्माको अमेरिकाको बाल्टिमोरस्थित एक अस्पतालमा उपचारका क्रममा आइतवार बिहान निधन भएको जानकारी प्राप्त भएको छ ।
हास्य कलाकार शिवहरि पौडेलले शर्माको निधनको पुष्टि गर्दै नेपाली कला क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको बताएका छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका शर्मा पछिल्ला वर्षहरूमा क्यान्सर रोगको उपचारमा केन्द्रित थिए ।
खेम शर्मा नेपाली टेलिफिल्म ‘चतुरेको दाउपेच’ मार्फत घर-घरमा परिचित बनेका थिए । उक्त टेलिफिल्ममा उनले निभाएको ‘चतुरे’ पात्र यति लोकप्रिय ...
रहेनन् हास्य कलाकार खेम शर्मा ‘चतुरे’


