काठमाडौं– नेपाली फिल्म क्षेत्रका अग्रज अभिनेता धिरेज शाक्य, अभिनेत्री प्रियंका कार्की तथा मिसेस नेपाल वर्ल्ड २०२५ विजेता रक्षा पन्तले लाजिम्पाट, उत्तरढोकामा सञ्चालनमा आएको १६टी रेस्ट्रो एण्ड बारको उद्घाटन गरेका छन् ।
बिहीवार एक कार्यक्रमका बिच औपचारिक रुपमा सुरुवातमा आएको यस रेस्ट्रोको उद्घाटन समारोहमा रिबन काट्दै कलाकारद्वय धिरेन र प्रियंकाले शुभकामना दिएका थिए । साथै मिसेस नेपाल वर्ल्ड २०२५ विजेता रक्षा पन्तले पनि संयुक्त रुपमा रिबन काटेकी थिइन् ।
अभिनेता धिरेनले इन्डियन फुडहरुको विशेषतासहित प्राइम लोकेसनमा खुलेको भन्दै रेस्ट्रो एण्ड बारलाई शुभकामना दिएका थिए । अभिनेत्री प्रियंका कार्कीले आफूले जहिले पनि नेपाली ...
शहरमा नयाँ रेस्ट्रो, प्रियंका, धिरेन र रक्षाले काटे रिबन


