‘टोल टोलमा फिल्म महोत्सव’ को भव्य शुभारम्भ, ‘इलिफेन्ट इन द फग (तिनीहरु)’ लाई १० लाख रुपैयाँसहित काठमाडौं महानगरपालिकाको सम्मान

KalakarmiKalakarmiSourceJun 19, 20261 min read
‘टोल टोलमा फिल्म महोत्सव’ को भव्य शुभारम्भ, ‘इलिफेन्ट इन द फग (तिनीहरु)’ लाई १० लाख रुपैयाँसहित काठमाडौं महानगरपालिकाको सम्मान
काठमाडौं- काठमाडौं महानगरपालिकाले शुक्रवार साँझ खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ को औपचारिक शुभारम्भ गरेको छ । खुला मञ्चमा अमन शाही निर्देशित सर्ट फिल्म ‘नन्द’, ताराङ् निर्देशित सर्ट फिल्म ‘सवारी साहित्य’ तथा इशान भुषाल निर्देशित सर्ट फिल्म ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरिएका छन् । यी सर्ट फिल्महरु काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलसँगको सहकार्यमा प्राप्त भएका हुन् । महोत्सवका कार्यक्रम असार महिना भरि हरेक शुक्रवार तथा शनिवार सञ्चालन हुनेछन् । यी कार्यक्रममा प्रदर्शन गरिने सर्ट फिल्म चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौँ माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल फिल्म एकेडेमीसँग सहकार्यमा ...