सञ्चार मन्त्री तिमिल्सिना भन्छन्- ‘चलचित्र समाजको सामूहिक स्मृति र समयको दस्तावेज हो’

KalakarmiKalakarmiSourceJun 19, 20261 min read
सञ्चार मन्त्री तिमिल्सिना भन्छन्- ‘चलचित्र समाजको सामूहिक स्मृति र समयको दस्तावेज हो’
काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र केवल मनोरञ्जनको माध्यममात्र नभई समाजको सामूहिक स्मृति, सपना र समयको दस्तावेजका रूपमा रहेको बताएका छन् । शुक्रवार आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले कुनै देशलाई वास्तविक रूपमा बुझ्न त्यस देशको इतिहास मात्र होइन, त्यहाँका चलचित्रहरू पनि हेर्न आवश्यक हुने धारणा व्यक्त गरे । उनले भने– ‘चलचित्रको बारेमा कुरा गर्दा सामान्यतया यो एउटा मनोरञ्जनको माध्यम हो भन्ने हामीले बुझेका छौं । तर वास्तवमा चलचित्रलाई गहन अध्ययन गर्ने हो भने वा गहन दृष्टिले हेर्ने हो भने ...