काठमाडौं– आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘हली’ को टीजर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रमोसनका रूपमा टीजर सार्वजनिक गरेको हो ।
१ मिनेट २८ सेकेण्ड लामो टीजरमा नेपाली समाजमा अझै पनि विद्यमान रहेको छाउपडी प्रथालाई मुख्य विषयवस्तु बनाइएको छ । टीजरमा महिनावारी भएकी बालिकालाई छाउगोठमा राखिने, परिवारका सदस्य तथा विशेषगरी बुबासँग समेत सम्बन्ध सीमित गरिने दर्दनाक सामाजिक अभ्यास देखाइएको छ ।
कथामा एक शिक्षित युवाले यस्तो विभेदपूर्ण प्रथाविरुद्ध कानुनी रूपमा संघर्ष गर्दै समाजलाई नै चुनौती दिएको दृश्य पनि प्रस्तुत गरिएको ...
ट्रेलरमा ‘हली’: छाउपडी प्रथामाथि आधारित कथा (भिडियो)


