काठमाडौं- हास्य कलाकार तथा अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘आई एम जितबहादुर’ आज शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको छ । प्रदर्शनअघि देशका प्रमुख मल्टिप्लेक्स चेनहरूले अग्रिम बुकिङ खुला गरेका थिए ।
यसअघि फिल्मको बुधवार काठमाडौंमा आयोजित प्रिमियर कार्यक्रममा फिल्म क्षेत्रका अग्रज तथा चर्चित व्यक्तित्वहरूले फिल्मको कथा, प्रस्तुति तथा विशेषगरी जितु नेपालको अभिनयको खुलेर प्रशंसा गरेका थिए ।
दर्शकहरूले कलाकार बन्ने सपना बोकेको एक सामान्य व्यक्तिको संघर्ष, मिहिनेत तथा सफलताको यात्रालाई फिल्मले भावनात्मक र मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।
यो फिल्ममा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, ...
प्रदर्शनमा आयो ‘आई एम जितबहादुर’, जितु नेपालको अभिनयको प्रिमियरमै प्रशंसा


