काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘क्याप्टेन साब’को छायांकन सम्पन्न भएको छ । निर्माण टिमले बुधबार अन्तिम दृश्यको सुटिङ पूरा गर्दै चलचित्रको छायांकन इन्डक्ल्याप गरिएको हो । चलचित्रको छायांकन दुई चरणमा गरिएको थियो । पहिलो चरणको सुटिङ गतवर्ष साउन १० गतेबाट सुरु भएको थियो भने दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो
‘क्याप्टेन साब’को छायांकन सम्पन्न


