परितोषिकाको डेब्यू निश्चित, पशुपति शर्मासंग ‘तीन तिघ्रे, क्या बिग्रे’ मा देखिँदै

KalakarmiKalakarmiSourceJun 17, 20261 min read
परितोषिकाको डेब्यू निश्चित, पशुपति शर्मासंग ‘तीन तिघ्रे, क्या बिग्रे’ मा देखिँदै
काठमाडौं– लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले नेपाली फिल्ममा डेब्यू गर्ने निश्चित भएको छ । परितोषिकाले निर्देशक अमरदीप सापकोटाको नयाँ फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’ मा शीर्ष भूमिका निर्वाह गर्ने निश्चित भएको निर्माता रघुनाथ सापकोटाले जानकारी दिएका छन् । निर्माता सापकोटाका अनुसार परितोषिकासँग सोमवार औपचारिक सम्झौता भएको छ । यो फिल्मका लागि निर्माण टिमले नै परितोषिकालाई अभिनयका लागि प्रस्ताव गरेको हो । केही समयअघि पारितोषिकाले अभिनय गरेको नाटक ‘स्वर्णदेश’ हेरेपछि उनलाई यो फिल्मका लागि अभिनयको प्रस्ताव गरिएको हो । पारितोषिकाले केही समयदेखि मण्डला थिएटरमार्फत अभिनय प्रशिक्षणसमेत लिँदै आएकी छिन् ...