‘रोल नं १’: बुवाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ

KalakarmiKalakarmiSourceJun 17, 20261 min read
‘रोल नं १’: बुवाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
काठमाडौं– नेपाली फिल्म ‘रोल नं १’ ले नेपालको ग्रामीण समाज, गरीवी, अभिभावकको अपेक्षा, बालबालिकामाथि पर्ने शैक्षिक दवाव तथा वर्तमान शिक्षा प्रणालीका विभिन्न पक्षलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । यो फिल्म एउटा परिवारको कथा मात्र होइन, हजारौँ नेपाली परिवारले भोगिरहेको यथार्थको प्रतिनिधित्व गर्ने सामाजिक दस्तावेज पनि हो । फिल्मले विद्यालयमा विद्यार्थीहरूलाई गरिने व्यवहार, अंक र श्रेणीको आधारमा हुने मूल्याङ्कन, अभिभावकको अत्यधिक अपेक्षा तथा बालबालिकाको वास्तविक रुचि र क्षमताबीचको द्वन्दलाई प्रभावकारी रूपमा चित्रण गरेको छ । यो फिल्मको केन्द्रमा एक गरीव बुवा सञ्चार परियार तथा उनका छोरा ज्ञानेको कथा छ । ...