काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरस्थित खरीबोट चोक नजिकै बिहानैदेखि मानिसहरूको भीड लाग्न थाल्छ । कोही कलाकार, कोही पत्रकार, कोही व्यवसायी र कोही सामान्य ग्राहक । सबैको गन्तव्य एउटै हुन्छ एउटा सानो सैलुन, जहाँ कैँची चलाउने हातमाथि उनीहरूको असाधारण विश्वास छ ।
त्यो हात हो, जुरी ठाकुरको
आज उनलाई भेट्न पालो कुर्नेहरूमा चर्चित कलाकारदेखि प्रभावशाली व्यक्तित्वसम्म पर्छन् । तर एक समय थियो, जब उनी आफैं कलाकारसँग एउटा फोटो खिच्न पाए हुन्थ्यो भनेर सपना देख्थे । समयले यस्तो कोल्टे फेर्यो कि अहिले कलाकारहरू नै उनको समय माग्दै फोन गर्छन् । हामी त्यहाँ पुुग्दा ...
सेलिब्रेटीलाई भेट्ने सपना थियो, ‘जुरी’ आफैं सेलिब्रेटी बने


