असार ५ गतेदेखि काठमाडौंमा ‘टोल टोलमा फिल्म महोत्सव’

KalakarmiKalakarmiSourceJun 15, 20261 min read
असार ५ गतेदेखि काठमाडौंमा ‘टोल टोलमा फिल्म महोत्सव’
काठमाडौं- काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक शुक्रवार तथा शनिवार ‘टोल टोलमा फिल्म महोत्सव’ गर्ने भएको छ । काठमाडौंका सार्वजनिक स्थल, पार्क, डवली, चोकहरुमा सर्ट फिल्म प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम हुनेछन् । आज महानगरपालिकाले महोत्सवका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवको संकेत चिन्ह (लोगो) सार्वजनिक गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले यस सम्बन्धी जानकारी दिएकी छिन् । ‘समुदायमा भएका रचनात्मक सिपलाई उद्यम र उद्योगको विकासका लागि काम थालिएको हो । नियमित रुपमा फिल्म महोत्सव आयोजना गर्ने ...